नेपाल शिक्षक महासंघ डोल्पाको अध्यक्षमा डांँगी सर्वसम्मत
शुक्रबार, ११ फागुन २०७४, १५ : ०२
दुनै– नेपाल शिक्षक महासंघ डोल्पाको नयाँ कार्य समितिको अध्यक्षमा बालकृष्ण डाँगी सर्वसम्मत भएका छन । बुधबार उद्घाटन भई बिहिबार सम्पन्न भएको महासंघको पहिलो अधिेशनबाट अध्यक्षमा डाँगी सर्वसम्मत चयन भएका हुन् । पहिलो अधिबेशनबाट डाँगीको अध्यक्षतामा २७ सदस्यीय नेपाल शिक्षक महासंघ डोल्पाको नयाँ जिल्ला कार्यसमिति चयन भएको शिक्षक महासंघले जनकारी दिएको छ ।
बुधबार साँझदेखि भएको बन्द सत्रमा पदीय भागबण्डामा कुरा नमिलेपछि बिहिबार अपरान्ह मात्रै नयाँ कार्य समितिले पूर्णता पाएको उपाध्यक्ष रोशन बिकले जानकारी दिए । उनका अनुसार बिभिन्न दलको भातृसंगठन अनुसार पदीय भागभण्डाको बिषयमा कुरा मिल्न समय लागेपछि बिहिबार मात्र पूर्णता पाएको बताए । उनले भने सबै दलबाट शिक्षक महासंघमा जिल्ला कार्य समितिमा प्रतिनिधित्व गराइएको छ समाबेशी पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण