सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

बालकोटको छतमा प्रचण्ड-ओली वार्ता

बुधबार, २५ माघ २०७९, ११ : ३२
बुधबार, २५ माघ २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड बुधबार बिहान ओली निवास बालकोट पुगेका हुन् । 

दुई नेताबीच सरकार सञ्चालन, राष्ट्रपति उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा कुराकानी भएको बुझिएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ । 

राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवारी दिने तयारी गरेका छन् भने माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने भन्दै आएको छ । राष्ट्रपतिमा माओवादी र एमाले एकमत नहुँदा पुस १० मा बनेको सत्ता गठबन्धन भत्कने हो कि भन्ने संशय पैदा भएको छ ।

दुई नेताबीच राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि खाली भएका मन्त्रालयमा कसलाई पठाउने वा नपठाउने भन्ने बारेमा समेत कुराकानी हुने बुझिएको छ । गृह मन्त्रालय नपाएको भन्दै रास्वपा सरकारबाट बाहिरिएको छ । यद्यपि सो पार्टीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप