अस्तव्यस्त क्षेत्रीय कार्यालय : प्रदेश ६ मा क्षेत्र र मन्त्रालय एउटै भवनमा
पूर्णबहादुर खड्का
सुर्खेत– प्रदेश सरकार व्यवस्थापन हुँदा हाल रहेका क्षेत्रीय कार्यालयहरु अस्तव्यस्त बनेका छन् । सञ्चालन भईरहेका क्षेत्रीय कार्यालयलाई व्यवस्थापन नै नगरी प्रदेश सरकार स्थापना गरिएकाले क्षेत्रीय कार्यलयहरु अस्तव्यस्त बनेका हुन् ।
६ नम्बर प्रदेशमा मन्त्रालय व्यवस्थापनको काम धमाधम भईरहेको छ भने, क्षेत्रीय कार्यालय खारेज हुने तरखरमा छन् । तर, आर्थिक वर्ष अन्त्यसम्म क्षेत्रीय कार्यालय रहने भएपछि एउटै भवनमा क्षेत्रीय कार्यालय र मन्त्रालय व्यवस्थापन गरिएको छ । क्षेत्रीय कार्यालयलाई कोठा अभावमा काम गर्न सकस परेको छ ।
क्षेत्रीय कार्यालयमा दैनिक हुने काममा समेत समस्या देखिएको छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय रहेको भवनमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय स्थापना गरिएको छ । उक्त भवनमा मन्त्रालय सहित तीनवटा कार्यालय रहेका छन् । जसमा क्षेत्रीय सिँचाई निर्देशनालय छ । मन्त्रीको कार्यकक्ष सहित सचिव लगाएत अन्य कर्मचारीको व्यवस्थापन भवनको दोस्रो तलामा छ । उक्त भवनको भुईतलामा क्षेत्रीय कार्यालयहरुका सामग्री भवनको मैदानमा छन् भने केहि खुल्ला चौरमा राखिएको छ । त्यत्ति मात्र नभएर कोलिया र कोठामा अटाई नअटाई छरपस्ट ढङ्ले सामान राखिएको छ ।

त्यस्तै, क्षेत्रीय पशु सेवा निर्देशनालयको भवनमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय स्थापना गरिएको छ । भवनको पहिलो र दोस्रो तलामा मन्त्रालयको कार्यालय व्यवस्थापन भईरहेको छ । तेस्रो तलामा रहेको सभाहलमा भने क्षेत्रीय कार्यालयको सम्पूर्ण सामाग्री अटाई नअटाई थन्क्याईएको छ । सभाहलमा कार्यालयको सामान धेरै हुँदा कर्मचारीलाई काम गर्न समेत समस्या भएको कार्यालयका लेखा अधिकृत वसन्त श्रेष्ठले बताए । त्यस्तै, जिल्ला जनस्वास्थ्य रहेको भवनमा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको छ । उक्त भवनको पहिलो तलामा जनस्वास्यको कार्यालय छ भने, दोस्रो तलामा मन्त्रालय व्यवस्थापन गरिएको छ । जनस्वास्थ्य कार्यालयका लागि कोठा अभाव भएको भन्दै बाहिर रहेको स्टोर कोठामा सार्ने थालिएको छ ।

क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय स्थापना गरिएको छ । भवन सानो भएकाले एउटै कोठालाई आल्मोनियम लगाएर दुई वटा बनाईएको छ । भवनको दोस्रो तलामा मन्त्रालय व्यवस्थापन भईरहेको छ । जुन मन्त्रालयकै प्रयोगमा आउने कोठामा आल्मोनियम लगाउन लागिएको छ । मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले भवन सानो भएकाले एउटालाई दुई वटा बनाएर काम चलाउन लागिएको बताए । उनले भने,‘भवननै सानो छ, मन्त्रालय र शिक्षाको कार्यालय व्यवस्थाप गर्न हम्मेहम्मे परेको छ ।’

त्यसैगरी, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय स्थापना गरिएको छ । भवनको पहिलो र दोस्रो तलाको केहि कोठामा मन्त्रालय र केहि कोठामा डिभिजनको कार्यालय राखिएको छ । दोस्रो तलामा मन्त्री बस्ने कोठा व्यवस्था गरिएको छ ।

हाल रहेको क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालय भने क्षेत्रीय हुलाक निर्देशनालयमा सारिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव सुरेश प्रधानले अहिले हतार हतार भएकाले मन्त्रालय र क्षेत्रीय कार्यालयलाई व्यवस्थापन गर्न समस्या भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण