समाचार
राष्ट्रियसभा उपननिर्वाचन : मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने
बुधबार, २५ माघ २०७९, १५ : ३०

दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत मतदान सकिएसँगै आजै मतगणना हुने भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजे सकिएको हो । राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सो स्थानमा आज उपनिर्वाचन भएको हो । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरुले अहिले मतदान गरेका छन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदान सकिएसँगै मुचुल्का उठाएर मत गणना थालिने छ । कुल मतदाता संख्या ३ सय ५ रहेको लुम्बिनीमा प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना रहेका थिए । तीमध्ये नेपाल प्रगतिशिल पार्टीका आशा सिंह, मर्चवार गापाका उपाध्यक्ष मतदानमा अनुपस्थित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण