शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश ६ मा सभाहल व्यवस्थापन सुस्तायो

शुक्रबार, ११ फागुन २०७४, १७ : २९
शुक्रबार, ११ फागुन २०७४

पूर्णबहादुर खड्का
 

सुर्खेत । प्रदेश नं. ६ को स्थायी प्रदेशसभाहल व्यवस्थापन सुस्ताएको छ । अहिले संसद बैठक बस्नका लागि अस्थायी सभाहल भईसकेकाले स्थायी सभाहलको काम ढिलाई भएको हो । प्रदेश सरकारको व्यवस्थापनमा तल्लिन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले सभाहल मर्मत सुधार गर्न अझै २ महिना बढि सयम लाग्ने जनाएको छ । 

डिभिजन प्रमखु थम्बराज श्रेष्ठले स्थायी प्रदेशसभा हल मर्मत सुधार गर्नका लागि टेण्डर प्रक्रियामा जान लागेको बताए ।  यसरी टेण्डर प्रक्रियामा जाने हुँदा ढिलाई हुने प्रमुख श्रेष्ठले बताए । 

उक्त भवनमा ईको आएको भन्दै हलको ईको हटाए लगत्तै अन्य व्यवस्थापनको काम अघि बढ्ने प्रमुख श्रेष्ठको भनाई छ । 

‘ढिलै भएता पनि कम खर्चमा उत्कृष्ठ सभाहल निर्माण गर्छाैँ ।’ उनले भने, ‘कम्तिमा पनि २ देखि ३ महिना लाग्न सक्छ ।’ यो सभाहल व्यवस्थापनका लागि १ करोड भन्दा बढी लाग्ने उनले बताए । 

सभाहलमा आउने ईको मात्र हटाउन करिव २० लाख लाग्ने अनुमान गरिएको छ । सभाहलमा कुर्सीको व्यवस्थापन, फर्निचर, साउण्ड सिस्टम, फिनिसिङ् लगाएतको काम गनुपर्ने छ । सभाहलको लागि हालको शैक्षिक तालिम केन्द्रको भवनलाई छनौट गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप