सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने संकेत, माओवादी सकारात्मक

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि चुनावअघिको गठबन्धन ब्युँतिने संकेत देखिएको छ ।
कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थनमा नयाँ सरकार बनाउने तयारी भइरहेको छ ।
एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले आफू कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने बताए ।
उनले भने, ‘हामी कांग्रेस सरकारमा सामेल भैहाल्छौं । सँगै चुनाव लडेर आयौं । हाम्रा भोटले कांग्रेस जित्यो, कांग्रेसका भोटले हामी जित्यौं ।’
कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन माओवादी केन्द्र पनि सकारात्मक रहेको उनले बताए । उनले भने, ‘हामी माओवादीलाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको छ । केन्द्रमा पनि नेताहरुबीच छलफल हो ।’
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्दै छन् । प्रदेशसभाबाट पत्र गएपछि प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि संसद्को सबैभन्दा ठूलो दललाई आह्वान गर्ने छन् । सुदूरपश्चिममा १९ सांसदसहित कांग्रेस सबैभन्दा ठुलो दल छ ।
कांग्रेसलाई पनि विश्वासको मत पाउन नाउपा र एकीकृत समाजवादीको समर्थन आवश्यक हुने छ । नाउपाले साथ नदिए माओवादी केन्द्रको साथ शाहलाई अनिवार्य छ ।
सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने सम्भावना पनि देखिन्छ । माओवादी केन्द्रका नेता खगराज भट्टले अब केन्द्रका निर्देशन अनुसार अगाडि बढ्ने बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको छ । केन्द्रमा पनि पुराना सत्ता गठबन्धन ब्युँताउने प्रयास भइरहेका छ ।
कांग्रेसका नेताहरू सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँताउने अभियान सुरु हुने बताउँछन् । सभापति शेरबहादुर देउवाको गृह प्रदेश समेत रहेको सुदूरपश्चिमबाट काँग्रेसको सत्ता रोहण गराउन नेताहरू सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु नेतृत्वमा नेपाल दृढ छ : वनमन्त्री ठकुरी
-
डडेल्धुराबाट देउवासँग फोन कूटनीति : ओली र प्रचण्डका तीन समानता
-
आयोगहरूमा भएको पदाधिकारी नियुक्तिप्रति द्वन्द्व पीडितको आपत्ति
-
हङकङलाई पछि पार्दै सुपर–३ चरणमा पुग्यो नेपाल
-
निर्माणाधीन सडक अनुगमनमा उपमेयर डङ्गोल : प्राविधिक प्रतिवेदन पेस गर्न निर्देशन
-
'अब इन्भर्टर र मैनबत्तीको दिन आयो' भन्नेहरूलाई प्राधिकरणको जवाफ : त्यो दिन कहिल्यै आउँदैन