आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ

शुक्रबार, २७ माघ २०७९, १५ : ०१
शुक्रबार, २७ माघ २०७९

रौतहट । रौतहटमा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

जिल्लाको कटहरिया नगरपालिका ५ मा मोटरसाइकल चोरी गरी लगिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मनोज बिज भण्डारको नाममा रहेको प्रदेश २ ००३.००५प ४३६१ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा मनोज यादवलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटहरियाका सहायक निरीक्षक अशोक महतोले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप