झरनाको ‘भगवत् गीता’ को छायांकन सुरु
शुक्रबार, २७ माघ २०७९, १७ : ४१
काठमाडौँ । झरना थापाको निर्देशन रहने फिल्म ‘भगवत् गीता’ को छायांकन सुरु भएको छ । शुक्रबार जनकपुरधामको राम मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको छायांकन पनि जनकपुर आसपासका स्थानमा २० दिन र त्यसपछि काठमाडौँ र मनाङमा छायांकन हुनेछ ।
फिल्ममा धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहनेछ । छायांकन अगाडि फिल्मको एकसाता जानकी मन्दिर क्षेत्रमा कलाकारले रिहर्सल समेत गरेका थिए ।
सुनीलकुमार थापाको निर्माण रहने फिल्ममा धिरज र सुहानाको अलवा विपिन कार्की, अनुराग कुँवर, कवीर खड्काको पनि अभिनय रहनेछ । सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनीलकुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको छायांकारमा सञ्जय लामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण