भ्यालेन्टाइन्स डेको मुखमा गुलाफको आयातमा कडाइ
काठमाडौँ । गुलाफको फूल आयातमा कडाइ गरिएको छ । सरकारले रोग–कीरारहित भएको पुष्टि गर्ने आधिकारिक प्रमाणबिना गुलाफको फूल आयात गर्न अनुमति नदिन परिपत्र गरेको छ । भारत र चीनका खुला नाकाबाट जथाभाबी रूपमा गुलाफको फूल भित्रिन थालेपछि कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले आयातमा केही मापदण्ड तोकेर कडाइ गरेको हो । केन्द्रले शुक्रबार विज्ञप्ति जारी गर्दै गुलाफको फूल आयात गर्दा रोग–कीरा नभएको पुष्टि गर्ने आधिकारिक प्रमाणपत्र पेस गर्ने आयातकर्तालाई मात्रै आयातको अनुमति दिन पत्राचार गरेको हो । केन्द्रका प्रमुख सावित्री बरालले जथाभाबी रूपमा गुलाफको फूल आयात गर्दा हाम्रा बोटबिरुवामा रोग–कीराको जोखिम बढ्न सक्ने हुनाले सचेत गराइएको जानकारी दिइन् । आयात रोक्न नसकिने भन्दै उनले रोग–कीराको जोखिम नहोस् भनेर आयातमा रोग–कीराको मापदण्ड अपनाउन नाकाका कार्यालय सतर्क गराएको बताइन्। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण