बालिकालाई बलात्कार गरेको आरोपमा गोरखाबाट ६२ वर्षीय पुरुष पक्राउ
काठमाडौँ । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखाको सिरानचोकबाट ६२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–४ ठुला डिही बस्ने ६२ वर्षीय रमेश पोखरेल छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर सोम ढकालले रातोपाटीलाई बताए । बलात्कृत बालिका कक्षा ६ मा अध्ययनरत छिन् । स्थानीय जनप्रतिनिधिको रोहबरमा मिटिङ बसेर गाउँलेले आरोपीलाई प्रहरीको जिम्मा लगाएका हुन् ।
पीडित बालिकाले माघ २० र पुस २० मा दुईपटक आरोपीले आफुलाई बलात्कार गरेको बताएकी छन् । ‘एकपटक बाख्राको खोरमा र एकपटक घरभित्र बलात्कार गरे’ बालिकाले भनेकी छन्– ‘म ४ कक्षामा पढ्दा देखि नै मेरा संवेदनशील अंगमा छुने गर्थे ।’
माघ २० मा साँझ ललाई फकाई घरमा लगेर बलात्कार गर्दै गरेको अवस्थामा पीडितका आफन्तले देखेपछि गाउँलेलाई खबर गरेका थिए । ५० र १ सय रुपैयाँ दिएर संवेदनशील अंगमा छुने बलात्कार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपी बिरुद्ध बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको इन्स्पेक्टर ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
-
देशका २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
सेमिफाइनलका लागि किन बल परिवर्तन गरियो ?
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण