एक थान भरुवा बन्दुकसहित ४ सिकारी पक्राउ
रौतहट । सप्तरी स्थित वन गस्ती टोलीले एक थान अवैध भरुवा बन्दुक सहित ४ जना सिकारीलाई पक्राउ गरेको छ। कञ्चनपुर सब डिभिजन बन कार्यालयका सहायक प्रमुख राजेश कुमार साहको कमान्डमा गएको सशस्त्र बन गस्ती टोलीले शनिवार राती १२ बजे उक्त भरुवा बन्दुक सहित चारै जना सिकारी लाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कञ्चनपुर नगरपालिका १२ का २६ वर्षीय भोला श्रेष्ठ,सोही ठाउँमा ३६ वर्षीय प्रकाश श्रेष्ठ, ३१ वर्षीय दुर्गा नारायण श्रेष्ठ र उदयपुर त्रियुगा नगरपालिका १० का २८ वर्षीय प्रह्लाद राई रहेको सहायक प्रमुख साहले बताएका छन् । केही सिकारीहरू कञ्चनपुर स्थित जङ्गलमा चोरिसिकारी गर्न पसेको प्राप्त सूचना को आधारमा गस्ती गर्दै जाँदा गएराती वनक्षेत्रबाट उनीहरू पक्राउ परेका थिए ।
उनीहरूको साथबाट एक थान भरुवा बन्दुक, बारुद तथा छरराहरु बरामद भएको सहायक बन अधिकृत राजेश साहले बताएका छन् । पक्राउ परेका चार जनालाई भरुवा बन्दुक तथा बरामद अन्य सामानसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको वन कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण