सेगवे–नाइनबटको नयाँ हाई–पावर ई–स्कुटर एन–१०० बजारमा
काठमाडौँ । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइ.हब प्रालि ले एन–सिरिज अन्तर्गतको नयाँ ई–स्कुटर एन–१०० सार्वजनिक गरेको छ । उत्कृष्ट पावरका साथ अझ प्रभावशाली, नाइनबट एन–१०० एन सिरिज अन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो । सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आधुनिक गतिशीलताको लागि नयाँ समाधान हो, जसले सवारी चालकहरूलाई नयाँ र उच्च स्तरको सुविधा प्रदान गर्दछ ।
सेगवे नाइनबटको एन–१००७२ इलेक्ट्रिक मोटरसाइकल हो जसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ । एन–१०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ कि.मी सम्मको यात्रा गर्न सकिन्छ ।
यो ई–स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडी गोजस्ता स्मार्ट टेक्नोलोजी सहित उत्कृष्ट सुविधाहरूले सुसज्जित छ । जसमा मोबाइल प्रयोग मार्फत स्वचालित अनलक गर्ने वा स्कुटर पोजिसन गर्ने जस्ता कार्यहरूको लागि धेरै सेन्सरहरू छन् । थप रूपमा, यसले रमाइलो सवारी अनुभवको लागि सहज र आरामदायी सिट समावेश गरिएको छ । बलियो इन्जिन र प्रभावशाली ब्याट्रीहरूको अलावा, यो आकारमा ठुलो छ र सिट मुनि पर्याप्त ठाउँ छ । समग्रमा, सेगवे नाइनबट एन–१०० एक सुविधाजनक इलेक्ट्रिक स्कुटर हो जुन शहरी छोटो यात्राको लागि उपयुक्त छ ।
एन–१०० मा कम्प्याक्ट डिजाइनको अतिरिक्त अत्याधुनिक मोबाइल एपसहित अत्याधुनिक प्रविधि पनि जडान गरिएको छ, जसमा सवारी चालकहरूको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्र्याक गर्न सकिन्छ । एपले प्रकाश, गति र पावर सेटिङहरुसहित अनुकूल विकल्पहरूको पहुँच प्रदान गर्दछ ।
सेगवे नाइनबट एन–१०० इलेक्ट्रिक स्कुटरमा उत्कृष्ट विशेषताहरू छ, जसले यात्रालाई सुविधाजनक र सुरक्षित बनाउँदछ । सेगवे नाइनबट एन–१०० स्कुटरको सुरुवाती मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।
सेगवे ले ग्राहकहरूको उपस्थितिमै भर्खरै बजारमा ल्याउँदै गरिएको एन– १०० लगायत अन्य उत्पादनहरू अनुभव गर्नका लागि रमाइलो कार्निभल आयोजना गर्दैछ । कार्यक्रम यही माघ २७ देखि फाल्गुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा हुनेछ । सहभागीहरू लेसेगवेका नयाँ उत्पादनहरूको टेस्ट राइड गर्ने र सेगवेका अन्य नवीन उत्पादनहरूसँग रेसिंग सेगवेमार्फत अनुहारमा मुस्कान ल्याउने विशेष अवसर हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण