चैत २४ मा ‘बहाव’ रिलिज
काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनित फिल्म ‘बहाव’ अगामी चैत २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएका हुन् । फिल्म स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतीमा निर्माण भएको हो ।
प्रमोद कँडेलको लेखन निर्देशन रहेको फिल्मको फस्टलुकमा अभिनेत्री सुरक्षाले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिएकी छन् । पोस्टरमा सुरक्षाले पृष्ठभूमिमा देखिएको ऐनामा नहेरी हातमा रहेको पिँजडाभित्रको सुँगामा आफ्नो प्रतिबिम्ब खोजिरहेको देख्न सकिन्छ ।
निर्देशक कँडेलले फिल्म ‘बहाव’ नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको बताए । उनले पोष्टरमा फिल्मको थिमलाई प्रस्तुत गरिएको खुलाए ।
फिल्मका निर्माता श्रीधर पौडेल हुन् । फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत फिल्ममा छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण