सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

मङ्गलबार, ०२ फागुन २०७९, ११ : ५०
मङ्गलबार, ०२ फागुन २०७९

दैलेख । श्रीमती २७ वर्षीया पार्बती बिसीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई दैलेखबाट पक्राउ गरेको छ ।  गुराँस गाउँपालिका-८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 
सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्बतीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोबारे खबर प्राप्‍त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप