श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
मङ्गलबार, ०२ फागुन २०७९, ११ : ५०
दैलेख । श्रीमती २७ वर्षीया पार्बती बिसीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई दैलेखबाट पक्राउ गरेको छ । गुराँस गाउँपालिका-८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्बतीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गँगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)
-
सङ्घीयताको जग भनेकै कानुन हो : जम्कट्टेल
-
अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण