डोल्पाको डढेलोमा परेर तीन महिला गम्भिर घाईते
रामचन्द्र न्यौपाने
डोल्पा । हिमाली जिल्ला डोल्पामा आगलागिमा परेर तीन महिला गम्भिर घाइते भएका छन् ।
शनिवार दिउसो त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा ५ मा पर्ने कागुत्तो बनमा लागेको आगलागिमा परेर तीन महिला गम्भिर घाईते भएका हुन् ।
घाईते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ६ फुल्चिङमा बस्ने १६ बर्षिया प्रतिमा रोकाय सोही ठेगानाका ६२ बर्षिया चाउरी चलाउने र सोही ठेगानाकै ६० बर्षिया मनरुपा चलाउने रहेको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक हरी प्रसाद शर्माले जानकारी दिए ।
उनीहरु आज विहान ११ बजेतीर नजिकैको छिमेकी गाँउ ल्हाँबाट घर फर्कने क्रममा कागुत्तो बनमा लागिरेको आगलागीमा परेर गम्भिर घाईते प्रहरीले जनाएको छ ।
उपचारकोलागि सेनाका हेलिकोप्टरबाट सुर्खेत लगिएको र सुर्खेतमा उपचार नभएपछि उपचारकोलागि नेपालगञ्ज लगिएको काली चलाउनेले बताए ।
आगो कसले लगाएको हो भन्ने पत्ता नलागेकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
घाईते तीन महिला बेहोस अवस्थामा रहेको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण