बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

ससुराली हिँडेका वृद्धको भिरबाट लडेर मृत्यु

बुधबार, ०३ फागुन २०७९, ०९ : ११
बुधबार, ०३ फागुन २०७९

पाँचथर । पाँचथरमा भीरबाट लड्दा वृद्धको मृत्यु भएको छ ।  मिक्लाजुङ गाउँपालिका– ७  स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईका अनुसार श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीसहित पाँचथर ससुराली घर जाने क्रममा गत माघ २९ गते भीरबाट लडेर उनको निधन भएको हो । भीरबाट लडेका हस्तबहादुरको मंगलबार मात्रै शव भेटिएको हो ।  

प्रहरी चौकी खान्द्रोङबाट खटेका प्रहरी र स्थानीयले खोजी गर्दा भीरबाट लडेका हस्तबहादुरलाई शव फेला पारेको हो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई आफन्तजनलाई जिम्मा लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप