संसद्का कर्मचारीको चुनाव : एमालेविरुद्ध कांग्रेस र माओवादी निकट कर्मचारीको गठबन्धन
काठमाडौँ । सरकारमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सत्ता गठबन्धन रहेका बेला संघीय संसद्का कर्मचारी युनियनको चुनावमा भने नेपाली कांग्रेस र माओवादी निकटका कर्मचारीले गठबन्धन बनाएर एमाले निकट कर्मचारीसँग प्रतिस्पर्धा गरेका छन् ।
बिहीबार भएको संघीय संसद् सचिवालय कर्मचारी युनियनको चुनावमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनविरुद्ध कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन र माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
गठबन्धन बनाएका कर्मचारी संगठनबाट अध्यक्षको उम्मेदवार रहेका गोविन्द प्रसाद जैसीको प्यानलमा ११ जना कर्मचारी उम्मेदवार रहेका छन् ।
यस्तै एमाले निकट कर्मचारी संगठनमा अध्यक्षका उम्मेदवार विनोद न्यौपानेको नेतृत्वमा ११ जनाको प्यानल रहेको छ । यस्तै २ जना उम्मेदवार स्वतन्त्रबाट अध्यक्ष र उपाध्यक्षका लागि प्रतिस्पर्धामा रहेका छन् ।
विष्णु खड्काले अध्यक्षमा र शंकर भण्डारीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । बिहीबार बिहान ११ बजेदेखि २ बजेसम्म मतदान कार्यक्रम राखिएकोमा ३ बजेपछि मतगणना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण