राडीपाखी गाउँमा बिक्री हुँन छाडेपछि किसान चिन्तित
हेमन्त के सी, जाजरकोट–बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला मासिक ६ वटा राडीपाखी उत्पादन गर्थे । उनलाई माग धेरै आउँदा राडी तयार गर्न समस्या हुन्थ्यो । आजभोलि महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्य हुने गरेको उनी बताउँछन् । शाहीमात्र होइन, जिल्लामा राडीपाखी व्यवसायलाई आफ्नो प्रमुख पेसा बनाएकाहरूको व्यवसाय यस्तै संकटमा परेको छ ।
आफूले सिकेको सीप दोस्रो पुस्तामा हस्तान्तरण नहुँदा उनीहरूको व्यवसाय संकटमा परेका हो । बजारमा पाइने गलैंचा, कम्वल लगायतका सामग्रीले आफ्नो व्यवसाय संकटमा परेको उनीहरू बताउँछन् । जाजरकोटमा परम्परागत रूपमा बुनिँदै आएका राडीपाखी र बख्खु बिस्तारै लोप हुँदै गएका छन् ।
केही वर्ष अघिसम्म हरेक घरमा भेडा तथा बाख्राको ऊनबाट तयार गरिने कपडाको प्रयोग हुन्थ्यो । स्थानीयवासी जनकवहादुर शाहीका अनुसार बजारमा तयारी कपडा सस्तोमा पाइने भएकाले हातले तयार गरेका कपडाहरूको माग घट्दै गएको छ । युवापुस्ताले सीप नसिक्नु र तयारी कपडाको व्यापार ग्रामीण क्षेत्रसम्म बढ्दै जानुले राडीपाखी र बख्खु बिस्तारै लोप हुन हुन लागेको उनले बताए ।
हिमाली क्षेत्रमा पाइने भेडाको रौंबाट ऊन तयार पारेर राडीपाखी र बख्खु बुन्ने गरिन्छ । एउटा राडी बुन्नका लागि कम्तीमा पनि दस दिन लाग्ने स्थानीय रामवहादुर रावतले बताए ‘समय पनि बढी लाग्ने र बिक्री गर्दा त्यति फाइदा नहुने भएकाले अहिले राडीपाखी र बख्खु बुन्नेकाम घट्दै गएको छ,’ उनले भने, ‘अहिले त्यस्ता सामग्रीहरू आफन्तलाई कोसेलीका रूपमा पठाउनका लागि मात्र बुन्ने गरिएको छ । पहिले धेरै बिक्री हुन्थ्यो, आजभोलि बजारमा माग समेत घटेकाले बिक्री हुन छाडेको छ ।’ बजारमा एउटा राडी चारदेखि छ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
समय खर्चिएर भेडाको ऊन कातेर धागो बनाई राडीपाखी र बख्खु बुन्नुभन्दा बजारबाट कपडा किन्न सजिलो भएकाले घरमै गर्न सकिने यो पेसा बिस्तारै लोप हुँदै गएको स्थानीयवासी बताउँछन् । पुरानो पुस्ताले गाउँमै बुनिएको कपडा प्रयोग गर्दै आए पनि नयाँ पुस्ताले प्रयोगमा रुचि नदेखाएको जाजरकोट उद्योग वणिज्य संघका अध्यक्ष कर्णवहादुर खत्रीले बताए ।
‘जिल्ला बाहिरबाट माग आए पनि गाउँमै यस्ता वस्तु भेट्टाउन मुस्किल पर्न थालेको छ ’ खत्रीले भने । राडीपाखी भुइँमा बिछ्याउन प्रयोग गरिन्छ । अहिले त्यसको सट्टामा कार्पेट र गलैंचाको प्रयोग बढ्दै गएको छ । बहिरवाट ल्याईएका आयातित सामग्रीले स्थानीय उत्पादन विस्थापित भएको स्थानीयवासीहरुको गुनासो छ । जिल्लाको बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिका , नलगाड नगरपालिकामा राडीपाखी वढी उत्पादन गर्ने क्षेत्र पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण