सातामा प्रतितोला ११ सयले घट्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरको सुनको मूल्य निर्धारण गर्दै ११ सय रुपैयाँले घटेको जानकारी दिएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुुग्दा तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार नै सुनको मूल्य बढेर कारोबारमा आएको थियो । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो । यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार र बुधबार २००/२०० रुपैयाँ घटेको थियो । यस्तै, बिहीबार ६०० रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले घटेको थियो । यस्तै, यो साता चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुुग्दा १२ सय ७५ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण