बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आठराई गाउँपालिकामा फागुन १७ गतेदेखि रनिङ कप

शनिबार, ०६ फागुन २०७९, १९ : ४९
शनिबार, ०६ फागुन २०७९

तेह्रथुम । तेह्रथुमको आठराईमा यही फागुन १७ गतेदेखि ऐतिहासिक पहिलो गाउँपालिका अध्यक्ष कप रनिङ प्रतियोगिता हुने भएको छ । सो गाउँपालिका २ स्थित पर्यटकीय स्थल झाँक्री गुफामा प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ । सांस्कृतिक कार्यक्रमका साथमा विभिन्न प्रतियोगिता सञ्चालन हुने भएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए  ।

प्रतियोगितमा खुल्ला पुरुष तथा फुटबल ,खुल्ला पुरुष भलिबल, सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य  र धान नाच, ब्याडमिन्टन डब्बल र माध्यमिक बिद्यालयस्तरीय कविता वाचन प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ विजेताले नगद १ लाख ५० हजार ट्रफि मेडल प्रमाणपत्र र ३ वर्षे रनिङ कप प्राप्त गर्ने भएको छ । त्यस्तै दोश्रो उपविजेताले १ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।

महिलातर्फ फुटबलमा विजेताले ६० हजार ट्रफी,मेडल, प्रमाणपत्र र ३ बर्षे रनिङ शिल्ड पाउने भएका छन् ।  उपविेजेताले ४० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने भएका छन । त्यस्तै खुल्ला पूरुष भलिबल प्रतियोगितामा विजेताले नगद ८० हजार ट्रफी मेडल प्रमाणपत्र र ३ वर्षे रनिङ कप प्राप्त गर्नेछन् । उपविजेताले नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र पाउने भएका छन् । 
 
सांस्कृतिक कार्यक्रममा प्रथम हुनेले नगद १५ हजार प्रमाणपत्र, दोश्रो हुनेले नगद १० हजार प्रमाणपत्र र तेश्रो हुनेले नगद ५ हजार पाउने भएका छन् । त्यस्तै धान नाच प्रतियोगितमा प्रथमले १० हजार नगद र प्रमाणपत्र र दोश्रो हुनेले नगद ८ हजार र प्रमाणपत्र पाउने भएका छन् ।

ब्याडमिन्टन तर्फ विजेताले २० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेताले १५ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने भएका छन् । माध्यमिक बिद्यालय स्तरीय कविता वाचन प्रतियोगितामा क्रमस ३ हजार २ हजार र १ हजार नगदको साथमा प्रमाणपत्र प्रथम दोश्रो र तेश्रो हुनेले पाउने छन । प्रतियोगितामा फुटबलतर्फ वेष्ट किपर, वेष्ट डिफ्रेन्स, वेष्ट प्लेयर,हाईस्कोर र भलिबलतर्फ वेष्ट सटर, वेष्ट लिफ्टरलाई पुरस्कार दिइने भएको प्रतियोगिता आगामी फागुन २४ गते सम्पन्न हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप