प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
सारांश
- जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न जाँदा नेपाल प्रहरीले आफूमाथि गरेको दमन र कुटपिटविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।
- अस्पतालबाट डिस्चार्ज भएपछि विज्ञप्ति जारी गर्दै अन्सारीले आफूलाई गैरकानुनी रूपमा बन्दी बनाई चरम शारीरिक तथा मानसिक यातना दिएको दाबी गरेका छन् ।
- अन्सारीले स्वास्थ्य सामान्य भएपछि आफूमाथि भएको नियोजित घेराबन्दी र यातनाका विरुद्ध कानुनी लडाइँ लड्ने स्पष्ट पारेका छन् ।
काठमाडौँ । जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न जाँदा आफूमाथि नेपाल प्रहरीले गरेको बर्बर दमन र कुटपिटविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।
अस्पतालबाट डिस्चार्ज भएपछि एक विज्ञप्ति जारी गर्दै अन्सारीले आफूलाई गैरकानुनी रूपमा बन्दी बनाई चरम शारीरिक तथा मानसिक यातना दिएको बताए ।
अन्सारीका अनुसार कीर्तिपुरमा बाढी पीडितको सेवामा खटिएका बेला एक ‘गैर–निर्वाचित व्यक्तिको आदेश’ मा प्रहरीले उनलाई र उनका साथीहरूलाई घेरा हालेर कुटपिट गरेको थियो । क्यामेराले नदेख्ने ठाउँमा लगेर १०–१२ जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको उनले उल्लेख गरेका छन् ।
उपचारका लागि कीर्तिपुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल पुर्याइएका अन्सारीले त्यहाँ पनि गृह मन्त्रालय र प्रहरीको प्रत्यक्ष निगरानीमा आफूमाथि अन्याय भएको दाबी गरेका छन् । 'मेरो मेडिकल हिस्ट्रीमा प्रहरी कुटपिट भन्ने शब्द समेत लेख्न नदिन कोसिस गरियो,' उनले भनेका छन्, 'क्याबिनभित्रै सादा पोसाकका प्रहरी आएर जमानीमा हस्ताक्षर नगरे अभद्र व्यवहारको मुद्दा चलाउने धम्की दिइयो ।'
अन्सारीले आफूलाई करिब ३–४ दिनसम्म प्रहरी निगरानीमा राखेर मानसिक दबाब दिइएको र स्वतन्त्रतापूर्वक उपचार पाउने हकबाट समेत वञ्चित गर्न खोजिएको बताएका छन् ।
हाल अस्पतालबाट डिस्चार्ज भई चिकित्सकको सल्लाहमा 'बेड रेस्ट'मा रहेका अन्सारीले स्वास्थ्य सामान्य भएपछि आफूमाथि भएको नियोजित घेराबन्दी र यातनाका विरुद्ध कानुनी लडाइँ लड्ने स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण