‘छड्के–२’ मा अनमोल मेनडग
काठमाडौँ । अनमोल केसी अभिनीत फिल्म हो ‘छड्के–२’ । फिल्म १९ फागुनबाट सार्वजनिक प्रदर्शन हुँदैछ ।
फिल्ममा अनमोल ग्याङस्टरको भूमिकामा छन् । मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन फिल्म तीनको विषयमा बनेको हो । तीन ग्याङ मध्ये एउटा ग्याङको नेता अनमोल भएको निर्माण पक्षले बताएको छ ।
फिल्ममा अनमोल शरीरभरि ट्याटु र हातमा हमेसा खुँडाका साथ देखिनेछन् । अनमोल ग्याङ स्टार बनेको यो पहिलो फिल्म हो । मनाङको सुन्दर स्थानमा छायांकन भएको फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।
फिल्ममा अनमोलको अलवा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलान लगायतको अभिनय छ ।
मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन, राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्म निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले रहेका छन् । फिल्मको ट्रेलर केही दिनपछि आउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण