विदेशमा रहेका श्रमिकलाई टेलिमेडिसिन सेवा
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले विदेशमा रहेका श्रमिकको स्वाथ्यसम्बन्धी जिज्ञासा तथा समस्याहरुलाई समाधान गर्न टेलिमेडिसिन सेवा कार्यविधि बनाएको छ ।
श्रमिका स्वास्थ्य समस्या उचित समयमै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले टेलिमेडिसिन सेवा उपलब्ध गराउन लागिएको जानकारी श्रम सचिव एक नारायण अर्यालले दिए । उनका अनुसार वैदेशिक रोजगारमा रहेका श्रमिकका स्वास्थ्य समस्या बुझ्ने र अनलाईनमार्फत सचेतना फैलाई जोखिम न्यूनीकरणमा टेलिमेडिसिन सेवा थप प्रभावकारी हुनेछ ।
विदेशमा रहेका श्रमिकहरु सानो सानो स्वास्थ्य समस्याबाट पीडित हुनुपर्ने र रोग पालेर गम्भीर हुने अवस्थामा पुग्नबाट रोक्न टेलिमेडिसिन सेवा उपयोगी हुने जानकारी सचिव अर्यालले दिए । उनले भने, ‘टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ लाई अन्तिम रुप दिइसकेको छ, एक महिनाभित्रै उक्त सेवा कार्यन्वयनमा ल्याउने तयारीमा छौं ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण