सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी बागलुङमा

बुधबार, १० फागुन २०७९, १० : ५२
बुधबार, १० फागुन २०७९

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ आइपुगेकी छिन् । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आएकी हुन् । 

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरे ।

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्ने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप