‘तलास २’ को निर्माण हुने
काठमाडौँ । फाल्गुनन्द लिङदेन फिल्मस् र यल्ली वूड फिल्मस्को संयुक्त लगानीमा नेपाली फिल्म ‘तलास २’ को निर्माण हुने भएको छ । हत्या अपहरण मानव बेचबिखनको चपेटामा नेपाली महिलाहरुले भोग्नु परेको पीडालाई फिल्ममा कथाको रुपमा उठाउन लागिएको हो ।
दिनेश लिङदेनको निर्देशन रहने फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, उदय सुब्बा, पुर्ण सेलिङ, राजु घिमिरे, अजय खडका, रिया कन्दङवा, पुन्य ओझा, दिलिप योङहाङ, सागर केरुङ र राजकुमार शाहको अभिनय रहनेछ ।
फिल्ममा विकास चौधरीको संगीत, मेचु धिमाल, सुवास राई, विकास चौधरीको स्वर, दिनेश माङ्मुको नृत्य, कुमार श्रेष्ठको द्वन्द्व र सुमन योञ्जनको छायाङ्कन छ । सुदिता लिङ्देनको प्रस्तुति, लिलाराज काम्बाङ सह–निर्माता र शैलेन्द्र नाल्बो निर्माता रहेको फिल्म पूर्वका विभिन्न स्थानमा छायांकन हुने निर्देशक लिङदेनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण