सोनु निगममाथि दुर्व्यवहारको आरोपमा सांसदका छोराविरुद्ध उजुरी दर्ता
बुधबार, १० फागुन २०७९, १३ : ३३
भारतीय गायक सोनु निगममाथि साङ्गीतिक कार्यक्रमपछि गरिएको दुर्व्यवहारको विषयमा एक सांसदका छोराविरुद्ध उजुरी दर्ता भएको छ । यसबारे मुम्बई प्रहरीले जानकारी दिएका हुन् ।
समाचार एजेन्सी पिटिआईले एक अधिकारीलाई उद्धृत गर्दै मुम्बईको चेम्बुर जिमखानामा सोमबार राती सोनु निगमको लाइभ पर्फमेन्सपछि सेल्फी खिच्न अस्वीकार गरेपछि उनीमाथि हातपात भएको जानकारी दिएको छ ।
सोनु निगमले दिएको उजुरीका आधारमा चेम्बुर प्रहरीले स्वप्निल फटेर्पेकरविरुद्ध एफआइआर दर्ता गरेको छ । स्वप्निल शिवसेना विधायक प्रकाश फतेर्पेकरका छोरा हुन् ।
अधिकारीका अनुसार विधायकका छोरा विरुद्ध आईपीसीको धारा ३२३, ३४१ र ३३७ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण