पानीपिया–सेउतीसम्मको बाटो छिटो बनाउन इटहरी उपमहानगरले गरायो ध्यानाकर्षण
इटहरी । इटहरी उपमहानगरपालिकाले तरहराको पानीपिया देखि सेउतीसम्मको बाटो छिटो निर्माण गर्न आयोजना प्रमुखलाई पत्रचार गरेको छ । सडक निर्माण विस्तार सुस्त हुदा दैनिक सर्वसाधरणले सास्ती वेहोर्नु परेको भन्दै बाटो छिटो गर्न पत्रचार गरेको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलले सडक निर्माण ढिलो भएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् । संघीय सरकारको मातहतमा उक्त राजमार्ग भएकाले छिटोभन्दा छिटो बनाउन छ लेन सडक आयोजनालाइ पत्रचार गरेको हो ।
यसअघि पनि नगर प्रमुख पौडेलले स्थलगत अनुगमन गरि छिटो बाटो बनाउन अनुरोध गर्दा पनि निर्माणको काम अघि नबढेको भन्दै पत्रचार गरेको हो । बारम्बार ताकेता गर्दा पनि सडक निर्माणको काममा ढिलो भएको भन्दै मेयर पौडेलले रोकिएको काम तत्काल अगाडि बढाइदिन आग्रह सहित पत्रचार गरेको हो ।
सुनसरीको धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको बनाउन १० अर्ब ५८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । यो सडक निर्माण आर्थिक वर्ष २०७५–२०७६ भित्र गरिसक्नुपर्ने थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण