परिचारिकामाथि दुर्व्यवहार गर्ने निगमका पाइलटमाथि कारबाही
काठमाडौँ । नेपाल वायुसेवा निगमका (एनएसी) का आरए–४१६ का चालक दलका सदस्यहरूलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । २०७९ साउन १२ गते तदनुसार २८ जुलाई २०२२ का दिन मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको उडानमा रहेको निगमको उडान सङ्ख्या आरए–४१६ का चालक दलका सदस्यले विमान परिचारिकामाथि दुर्व्यवहार गरेको उजुरीका आधारमा सो उडानमा सक्रिय चालक दलका सदस्यहरूलाई प्राधिकरणलाई कारबाही गरेको हो ।
शुक्रवार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले उक्त उडानमा रहेका सम्पूर्ण चालक दललाई तत्काल उडानमा रोक लगाइएको जनाएको छ । गलत क्रियाकलापमा सरिक हुने चालक दलका सदस्यको सूचना गोप्य राखिए पनि ती चालक दलका सदस्यहरूलाई कारबाही गर्न प्राधिकरणले निगमलाई निर्देशन दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी जगन्नाथ निरौलाले रातोपाटीलाई जानकारी दिए । घटनाको वास्तविकता छानबिन गरेर प्राधिकरणमा रिपोर्ट बुझाउन समेत निर्देशन गरिएको निरौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण