अमेरिकाले भन्यो, ‘थाहा छ, भारतले रुससँग सम्बन्ध तोड्न चाहँदैन तर...’
रुस–युक्रेन सङ्घर्षमा अमेरिकाले भारतको धारणाबारे आफूलाई थाहा भएको बताएको छ । अमेरिकाले भारतले रुससँग हाल आफ्नो सम्बन्ध तोड्न नचाहेको कुरा आफूलाई राम्रोसँग अवगत भएको बताएको छ ।
यद्यपि, उनले युक्रेन सङ्घर्ष समाप्त गर्न भारतले रुसमाथि आफ्नो प्रभावको प्रयोग गर्ने आशा भने व्यक्त गरेका छन् ।
अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेश मन्त्री डोनाल्ड लुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनको भारत, काजकिस्तान र उज्बेकिस्तानको प्रस्तावित भ्रमणको सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै उनले यी कुरा बताएका हुन् ।
यी तीन देशले बिहीबार युक्रेन युद्धमा संयुक्त राष्ट्र सङ्घको मतदानमा भाग लिन अस्वीकार गरेका थिए ।
यी देशका सम्बन्धमा उनले भने, ‘हामीलाई थाहा छ कि मध्य एसियाली देश र भारतको रुससँग लामो र जटिल सम्बन्ध रहेको छ, त्यसैले हामीले पछिल्लो समय यी सम्बन्ध अन्त्य गर्ने अपेक्षा गरेका छैनौँ, बरु युक्रेन सङ्कटलाई अन्त्य गर्न सहयोग गर्नुपर्छ भन्ने आशा राखेका छौँ ।’
भारतले संयुक्त राष्ट्र सङ्घको बडापत्र अनुसार युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको पुनर्स्थापना गर्न तत्काल आवश्यक रहेकोमा जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण