शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘म–मेरो’ को साटो ‘हामी–हाम्रो’ भन्दा सन्तुष्टि मिल्छ, सम्बन्ध बलियो र टिकाउ हुन्छ

शनिबार, १३ फागुन २०७९, १२ : २१
शनिबार, १३ फागुन २०७९

कुनै पनि व्यक्तिको जीवनमा उसको परिवार, साथीभाइ र आफन्त सबैभन्दा नजिक हुन्छन् । सम्बन्ध जुनसुकै होस्, यसलाई कायम राख्नको लागि धेरै महत्त्वपूर्ण कुराहरूको ख्याल राख्नुपर्छ । विशेष गरी श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा ।

हालै, पर्सनल टकमाथि भएको मनोवैज्ञानिक शोधमा म र मेरो जस्तो एकवचन शब्द प्रयोग गर्नुको साटो हामी, हाम्रो जस्ता बहुवचन शब्द प्रयोग गर्दा जीवनमा सन्तुष्टि मिल्ने पत्ता लागेको छ । यी शब्दहरूले सम्बन्ध बलियो हुने पनि बताइएको छ । अनुसन्धानकर्ताले यसलाई ‘वि–टक’ नाम दिएका छन् । अनुसन्धानकर्ता लामो समयदेखि जीवनको अनुभव बारे कुरा गर्नका लागि बहुवचन शब्दको प्रयोग गर्ने र एकवचनको प्रयोग गर्ने श्रीमान्–श्रीमतीबीचको अन्तरमा अनुसन्धान गरिरहेका थिए । 

वि–टकले भावना मिलाउँछ 

शोधमा के पनि सार्वजनिक भयो भने हरेक व्यक्तिको सोच र स्वभाव अर्को व्यक्तिसँग भिन्न हुन्छ तर पनि घरमा सबै जना सन्तुलन मिलाएर बस्न सक्छन् । कति पटक व्यवहार ठिक विपरीत हुने र सोच एक अर्कासँग नमिल्ने भएका कारण सम्बन्ध बिग्रन्छन् र कहिलेकाहीँ त टुट्ने समेत जोखिम हुन्छ । त्यसैले वि–टक गर्दा हाम्रो दिमागमा श्रीमान् श्रीमती दुई भिन्न व्यक्ति नभई एकै हुन् भन्ने सन्देश प्रवाह हुन्छ । 

फलस्वरूप सम्बन्ध लामो समयसम्म टिक्छ र धेरै पटक दुवैको भावना पनि मिल्न थाल्छ । जस्तै कि एक जना पीडामा हुँदा अर्कोले केही नभनी पनि थाहा पाउन सक्छन् । यसरी वि–टकको नतिजा देखिने गर्छ । 

वि–टकले बच्चाहरूमा सभ्य भाषा विकास गर्न मद्दत गर्छ

बालबालिकाको पालन–पोषणमा पनि वि–टकको प्रभाव पर्ने गर्छ । यसले बालबालिकामा शालीन भाषाको विकास हुन्छ । वि–टकमा एक कम्प्युटर प्रोग्रामद्वारा विश्लेषण गरियो र ५ देखि १२ महिनामा सम्बन्धमा सुधार देखिन थाल्यो । यस्तै बच्चाको व्यवहार पनि निकै राम्रो हुँदै गयो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप