रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले रातोपाटीलाई बताए ।
उनका अनुसार बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल छ । पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो ।
फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन । रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने छ । यस्तै चितवन– २ मा वैशाख १० गते हुने उपनिर्वाचनको तयारीबारे पनि छलफल हुने अर्यालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण