अभिनेता पल शाह आज रिहा हुँदै

काठमाडौं । उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।
शाहका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका अनुसार आज जिल्ला कारागार तनहुँबाट उनी रिहा हुने छन् । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएको वाग्लेले बताए ।
शाह सोमबार रिहा भएपछि काठमाडौं आउने बुझिएको छ । एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोडसेडिङ बन्द गर्न माग गर्दै हितेन्द्रलाई ज्ञापनपत्र
-
चीनको छलाङबाट नेपालका कम्युनिस्टले के सिक्ने ?
-
उडिरहेको अवस्थामा भीषण असिना–पानीले विमानको अघिल्लो भाग नै फुटाइदियो
-
चीनले श्रममा केन्द्रित भएर विकास गर्यो, हामीले यसलाई सिकेनौँ
-
एसियाली देशमा फैलिएको कोरोना सङ्क्रमण घातक छ ? (भिडियो)
-
‘लिग लिडर’ बन्ने धुनमा रहेको गुजरात उपाधि होडबाट बाहिरिएको लखनउसँग भिड्दै