शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नयाँ दिल्लीमा ‘दिकन्फेसन’ मञ्चन

सोमबार, १५ फागुन २०७९, १३ : ०४
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । जगदिश घिमिरेको उपन्यास ‘साविती’ बाट प्रभावित भई तयार भएको नाटक ‘दिकन्फेसन’ साविती नयाँ दिल्लीमा मञ्चन भएको छ । नाटक आइतबार नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाको मञ्चमा मञ्चन भएको हो । नेसनल स्कुलअफ ड्रामा र  र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा मञ्चन भएको नाटकलाई विमल सुवेदीले निर्देशन गरेका हुन् । 

गरिवलाई केन्द्र राखी शासक माथि गरेका अनेक प्रश्नहरुको संगालोको रुपमा तयार भएको उपन्यासमा आधारित रही सन् २०१३ मा विमल सुवेदीले ‘साविती’ नाटक तयार गरेका थिए । जगदिश घिमिरेले आफ्नो यो उपन्यासमाथि नाटक बनेका हेर्न लालसा अभिव्यक्त गरेपछि रोगसँग जुधिरहेका उनै घिमिरेको सम्मानमा यो नाटक तयार भएको थियो । त्यतिबेला एक सो प्रदर्शन भएर बन्द भएको सो नाटकलाई निर्देशक विमल सुवेदीले समसामयिक बनाउँदै नयाँ स्वरुपमा प्रस्तुत गरेका हुन् । भारतमा मात्र यो नाटकले ४ पटक स्टेज टेकिसकेको छ । 

सो नाटक केही दिनअघि आसामको लोर्गी इन्टरनेसनल थिएटर फेस्टिभलमा मञ्चन भएको थियो भने आइतबार भारतकै प्रतिष्ठित मानिने नेसनल स्कुल अफ ड्रामाको मञ्चमा मञ्चन भएको छ । अनुराधा मजुमदारले मुख्य भूमिका निर्वाह गरेको नाटकले एकालापको शैलीमा यौन हिंसादेखि सार्वजनिक सरोकारका यावत् विषयमा प्रश्न गर्छ । सँगैसँगै नाटकले पुरुष र पुरुषवादी सत्ताको नियन्त्रणमा रहेकी महिलाको विद्रोहको कथा प्रस्तुत गर्छ । तर कथा बाचनका लागि निर्देशक विमल सुवेदीले एक्सरे, नुन, स्लाइन पानी र रगत सहितको सेट बनाएका छन् जसले संवादको वजनलाई गहिरो गरी दर्शकसँग अन्तक्र्रिया गर्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप