सुर्खेतका सवारी साधनमा ‘जिपिएस’ जडान
सुर्खेत– दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम ९जिपिएस० जडान गर्न थालिएको छ । कर्णाली प्रदेशबाट लामो दूरीमा सञ्चालन हुने सवारी साधनलाई दुर्घटनाबाट बचाउन प्रदेश सरकारको ४० बुँदे योजनाअनुसार जिपिएस जडान गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए ।
कर्णाली प्रदेशको कर्णाली राजमार्गका केही स्थानमा सञ्चार सम्पर्क हुन नसक्ने हुँदा उक्त प्रणाली जडान गरेपछि सवारी साधन कहाँ, कति दूरीमा पुग्यो भन्ने थाहा पाउन, तत्काल दुर्घटना भएमा त्यसको जानकारी पाउन र उद्धार गर्न सहज हुने उहाँले जानकारी दिए ।
पहिलो चरणमा प्रहरीका सात वटा गाडीमा र सार्वजनिक यातायातका एउटा गाडीमा आजै जिपिएस जडान गरिएको मन्त्री भण्डारीले जानकारी दिए । कर्णाली राजमार्गअन्तर्गत सबै ठाउँमा सञ्चार सम्पर्क नहुने भएकाले कालीकोटको कालिका डाँडामा नेपाल टेलिकमको रिपिटर टावर राखिएमा कर्णाली राजमार्गका सबै सडकमा जिपिएस ट्र्याकरका माध्यमबाट सम्पर्क हुने उनको भनाइ थियो ।
डिजिटल प्रदेश निर्माणअन्तर्गत पहिलो चरणमा गाडीमा जिपिएस जडान गरिएको र भोलि प्रादेशिक राजधानी वीरेन्द्रनगर नगरपालिकाको वडा नं ६ को केन्द्रमा सामुदायिक साइरन जडानसमेत गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण