मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अब क्यूआरबाटै नेशनल लाइफको बीमाशुल्क भुक्तानी गर्न मिल्ने

सोमबार, १५ फागुन २०७९, १६ : ५६
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै शाखामार्फत फोनपे नेटवर्कमा आबद्ध वित्तीय संस्था र ईसेवाको माध्यमबाट क्यूआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा एक समारोहबीच सो सेवाको औपचारिक सुरुवात गरेका हुन् । यस सेवाबाट कम्पनीका ग्राहकहरूले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने अपेक्षा कम्पनीले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप