नेप्से सूचक ३ अंकले घट्दा तीन लघुवित्त कम्पनीको मूल्यमा सर्किट
मङ्गलबार, १६ फागुन २०७९, १५ : ३८

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार ३ अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक ३.६१ अंकले घट्दै २ हजार १९.९३ अंकमा झरेको हो ।
कारोबार रकम समेत खुम्चिएर १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँमा झर्न पुगेको छ । हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक ९ वटा उपसूचक आज ऋणात्मक भएका छन् । यद्यपि, आशा लघुवित्त वित्तीय संस्था लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
प्रिमियर इन्स्योरेन्स र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताहरुले भने आज क्रमशः ३.८५ प्रतिशत र ३.८४ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा
-
१० बजे १० समाचार : थपियो बेरुजु, अर्का पूर्वसैनिकविरुद्ध डिफ्युजन नोटिस
-
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार
-
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त