नेप्से सूचक ३ अंकले घट्दा तीन लघुवित्त कम्पनीको मूल्यमा सर्किट
मङ्गलबार, १६ फागुन २०७९, १५ : ३८
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार ३ अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक ३.६१ अंकले घट्दै २ हजार १९.९३ अंकमा झरेको हो ।
कारोबार रकम समेत खुम्चिएर १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँमा झर्न पुगेको छ । हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक ९ वटा उपसूचक आज ऋणात्मक भएका छन् । यद्यपि, आशा लघुवित्त वित्तीय संस्था लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
प्रिमियर इन्स्योरेन्स र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताहरुले भने आज क्रमशः ३.८५ प्रतिशत र ३.८४ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण