बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

किसानलाई कृषि सामग्री सहयोग

बुधबार, १७ फागुन २०७९, ०८ : २१
बुधबार, १७ फागुन २०७९

इलाम । इलाम नगरपालिका–१० ले किसानलाई रु १४ लाख बराबरका कृषि सामग्री वितरण गरेको छ । वडाका एक सय १० किसानलाई व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले कृषि सामग्री वितरण गरिएको हो ।

कृषि तथा पशुपालन प्रवद्र्धन कार्यक्रमअन्तर्गत ७० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए । किसानलाई २२ थान घाँस काट्ने मेसिन, ३५ थान जाली नेट, ४० थान टनेल प्लाष्टिक र दुई हजार एक सय मिटर प्लाष्टिकको पाइप वितरण गरिएको छ । यस्तै गोठ सुधारअन्तर्गत २८ किसानलाई गिट्टी, सिमेन्ट, बालुवा र रड वितरण गरिएको छ । वडा कार्यालयको रु १० लाख र किसानको रु तीन लाख ९८ हजारको लागत साझेदारीमा कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष प्रधानले बताए ।
 
किसानलाई इलाम नगरपालिकाका प्रमुख केदार थापाले सो सामग्री हस्तान्तरण गरे । उनले व्यावसायिक किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो । कृषि क्षेत्रबाट मात्र समग्र देशको आर्थिक विकास हुने उल्लेख गर्दै थापाले आगामी वर्ष पनि नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउने बताए । “किसानका समस्या पहिचान गरी आगामी वर्ष थप कार्यक्रम ल्याउने योजना छ”, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप