नन् स्टार होटललाई पनि स्टार होटल सरह सुविधा दिन व्यवसायीको माग
काठमाडौं । मझौला तथा साना होटल व्यवसायीहरुले ठूला तारे होटल सरह आफूहरुलाई पनि सेवा सुविधा दिन सरकारसँग माग गरेका छन् ।
बुधबार होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।
‘राज्यले ठूला तारे होटलहरुलाई मात्र पर्यटन उद्योगको हिस्सेदारको रुपमा लिइरहेको छ । सेवा सुविधा उनीहरुका लागि मात्र बाडिरहेको छ । तर साना तथा मझौला होटल, रेष्टुरेन्ट व्यवसायलाई खै सरकारले प्रमोट गरेको ?’ होटल व्यवसायी महासंघका पूर्वअध्यक्ष अमृत भुजेलले भने, ‘अब नन् स्टार होटल व्यवसायले पनि तारे होटल सरह सुविधा पाउनुपर्छ ।’
सोही अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ, काठमाडौं जिल्ला समितिका अध्यक्ष शैलेस केसीले साना होटल व्यवसायीहरुलाई च्याप्ने गरी ल्याएको पुरानो ऐन संशोधन गर्नुपर्ने बताए ।
‘होटल व्यवसाय ऐन, २०३५ निकै पुरानो भयो । अब यसले काम गर्न सक्दैन तत्काल संशोधन गर्नुपर्छ । होटलहरु ट्याक्स तिर्न मात्र सञ्चालन भइरहेका छैनन्, पर्यटन उद्योगलाई समेत ठूलो टेवा पु¥याइरहेको भुल्न हुँदैन’ कार्यक्रमलाई सम्बोधन गर्दै केसीले भने, ‘पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न सरकारले होटल व्यवसायसँगै नयाँ नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्छ । साथै आकर्षण कार्यक्रमहरु ल्याएर आन्तरिक पर्यटक समेत चलाएमान बनाउन आवश्यक छ’ उनले भने ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुकेले विदेशी मुद्रा आर्जनको मुख्य स्रोत पर्यटन व्यवसायलाई राज्यले प्राथमिकताका साथ हेर्नुपर्ने बताए । पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायलाई पनि राज्यले प्रवर्द्धन गर्नुपर्ने बताउँदै अध्यक्ष चुकेले अर्थतन्त्र चलायमान गर्न मेला महोत्सव जस्ता कार्यक्रमहरुलाई समेत निरन्तरता दिनुपर्ने बताए ।
सोही अवसरमा उनले केन्द्रीय सरकारदेखि प्रदेश र स्थानीय सरकारले समेत पर्यटनमा गर्ने खर्च सम्बन्धित पर्यटन सम्बध स्टेकहोल्डरहरु मार्फत गर्नुपर्ने बताए । अनिमात्र त्यसको प्रभावकारी हुने उनको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि एवंम् बागमती प्रदेशका मुख्यमन्त्री सालिक शालिकराम जम्रकट्टेलले समग्र प्रदेशको पर्यटन प्रवर्द्धनमा सरकार लागेको बताउँदै त्यसमा सबैको सल्लाह र सुझाव आफूले चाहेको बताए ।
‘पर्यटन प्रवर्द्धनका लागि सरकार सधैँ सकारात्मक छ । समग्र प्रदेशको सम्भावित पर्यटन क्षेत्रको विकासमा बागमती प्रदेश सरकार लागिरहेको छ । अझ तपाईहरुसँग उपयुक्त उचित योजनाहरू छन् भने ल्याउनुस् । के गर्न सकिन्छ म तपाईहरुलाई सहयोग गर्न तयार छु ।’ तर, पर्यटन प्रवर्द्धन र विकासका नाममा डाँडाडाँडामा भ्यू टावर ढड्याउने काममा भने प्रदेश सरकार नलाग्ने उनले स्पष्ट पारे ।
बुधबार बागमती प्रदेशको दामन, चित्लाङमा सम्पन्न कार्यक्रमा व्यवसायीहरुले स्थानीय झाँकी तथा लोक बाजागाजासहित ¥याली समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण