होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित
काठमाडौँ । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासचिव थिए ।
यस्तै संघको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार (भालु) श्रेष्ठ निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्ष र दितृय उपाध्यक्षमा निपु सराप र राजकुमार श्रेष्ठ चयन भएका छन् ।
संघको महासचिवमा भने राजकुमार प्याकुरेल चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, सचिवमा राजेन्द्र कुमार तिया, सहसचिव– हरिगोपाल सापकोटा, कोषाध्यक्षमा शेखरमान श्रेष्ठ र सहकोषाध्यक्षमा विनोद लामिछाने चयन भएका छन् ।
अन्य सदस्यहरुमा रामशरण नेपाल, अमृत बहादुर श्रेष्ठ, होम बहादुर श्रेष्ठ, सुनिल अर्याल, ललितजंग सिंह, सन्तोष घले, नमराज मरठ्ठा, कल्पना पौडेल, सुदिप देवकोटा र राजन भट्ट चयन भएका छन् । सबै केन्द्रिय पदाधिकारीसहित कार्यसमिति सदस्य सर्वसम्मत चयन गरिएको हो ।
विधानत संघको केन्द्रिय कार्यसमिति सदस्य २१ रहनेछ । जसमध्ये निर्वाचित कार्यसमितिले तीन जना सदस्य मनोनीत गरिनेमा तत्काल दुई जनालाई मनोनीत गरिएको र १ जना मनोनीत गर्न बाँकी नै राखिएको अध्यक्ष नेपालले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण