शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित

बिहीबार, १८ फागुन २०७९, ०७ : ५२
बिहीबार, १८ फागुन २०७९

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । काठमाडौं बुधबार  सम्पन्न २३ औं साधारण सभाबाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् ।

निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो । उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मतमा सिमित भए । 

यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई विजयी भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा  प्रदीप कार्कीले ७४ मतमा सीमित भए । सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा मनिष कार्की निर्वाचित हुँदा सह कोषाध्यक्षमा मनिष अन्जान दाहाल विजयी भए । यस्तै समावेशी सदस्यमा महमद जलिम र महिला सदस्यमा सुष्मा कार्की निर्वाचित भएका छन् ।यसैगरी, सदस्यहरुमा कृष्ण पाण्डे, अनुप भट्टराई, निशा बजगाई, अर्जुन गुरागाई, सिपी जैसी र सुरेन्द्र थापा विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप