बलिउड अभिनेता अरशद वारसीमाथि सेबीले लगायो रोक, किन ?
फिल्म अभिनेता अरशद वारसी र उनकी श्रीमतीमाथि सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया अर्थात् सेबीले रोक लगाएको छ ।
यो प्रतिबन्ध सेयर पम्प र डम्प प्रकरणसँग सम्बन्धित छ । ‘सेयर पम्प एण्ड डम्प’ भन्नाले शेयरको मूल्य बढाउने वा घटाउने उद्देश्यले गलत सूचना दिनु हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार सेबीले ३१ कम्पनी र फर्मलाई प्रतिबन्ध लगाएको छ । जसमा अर्शद वारसी, उनकी पत्नी मारिया गोरेटी र साधना ब्रोडकास्टसँग सम्बन्धित प्रवर्तकहरू पर्छन् ।
लगानीकर्ताले शेयर किनुन् भनेर ती व्यक्तिहरूले युट्युबमा गलत सूचनासहितको भिडियो अपलोड गरेको आरोप छ ।
यसबाट अर्शद वारसीले करिब २९ लाख र उनकी श्रीमतीले ३७ लाख रुपैयाँ नाफा कमाएको सेबीले जनाएको छ ।
यसबारे सेबीमा धेरै गुनासो आएको थियो । लगानीकर्तालाई लुकाउन गलत सूचनासहितको भिडियो युट्युबमा अपलोड गरिएको उजुरीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण