बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जनकपुरमा मिटरब्याजी र लघुवित्त पीडितको प्रदर्शन

बिहीबार, १८ फागुन २०७९, १६ : १०
बिहीबार, १८ फागुन २०७९

जनकपुरधाम । मिटरब्याजी र लघुवित्त वित्तीय संस्था पीडितहरुले बिहीबार जनकपुरमा प्रदर्शन गरेका छन् ।

बिनाधितो ऋण दिने प्रलोभनमा पारेर चरम् आर्थिक शोषण गर्दै आएको भन्दै मिटरब्याजी र लघुवित्तबाट पीडितहरुले मिटरब्याज विरुद्धको संघर्ष समिति नेपालको अगुवाइमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले सुदखोरहरूलाई गिरफ्तार गर, तमसुक व्यवस्था खारेज गर, मिटरब्याजीको सम्पत्ति छानबिन गर, पीडितको सम्पत्ति फिर्ता गर, मिटरब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गर लगायतका नारा लगाएका थिए ।

पीडितहरुले आकर्षक अफर भनेर ऋण दिएर ३६ प्रतिशतसम्म ब्याज असुल्ने प्रवृत्ति देखेपछि आफूहरु आन्दोलित भएको बताए ।

‘सर्वसाधारणलाई ठगेर सञ्चालक रातारात धनी भएको छ,’ प्रदर्शनमा सहभागी एक पीडितले भने, ‘जताततै महिला समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा बचतको नाममा रकम लुट्ने लुटेराहरुविरुद्ध बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ ।’

आन्दोलित ऋणीहरु ऋण मिनाहाको माग गर्दै जनकपुरको बाह्रबिगाहा मैदानबाट प्लेकार्डसहित नगर परिक्रमा गरी जिल्ला अदालत, उच्च अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्न पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप