बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कमलविनायक–नगरकोट सडकखण्डको ठेक्का रद्द गर्न स्थानीयको माग

बिहीबार, १८ फागुन २०७९, १८ : १०
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गर्न पुग्नुभएका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग स्थानीयहरूले गुनासो व्यक्त गरेका छन् । बिहीबार मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोलि उक्त सडकखण्डको स्थलगत निरीक्षणका लागि पुग्दा स्थानीयहरूले वर्षौँदेखि आश्वासन मात्रै बाँडेर सडक निर्माण सम्पन्न नगरेको भन्दै आक्रोश पोखेका हुन् । 

अनुगमनका क्रममा मन्त्री श्रेष्ठलाई स्थानीयहरूले ९ वर्षसम्म बाटो नबनाएको र रातदिन सुत्नसमेत नदिएको आरोप लगाए । स्थानीयहरूले मन्त्री आउने भनेपछि पानी हालेर बाटोमा धुलो उड्न रोकेको भन्दै आक्रोश पोखे । उनीहरूले खराब बाटोकै कारण आफन्त गुमाएको भन्दै कहिलेसम्म जनतालाई गुमराहमा कहिलेसम्म राख्ने भन्दै प्रश्न गरे । उनीहरूले कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने ठेक्का कम्पनीहरूलाई सरकारले किन पक्षपोषण गरिरहेको छ ? भन्दै प्रश्न गरेका थिए । उनीहरूले अहिले गरिरहेको ठेकेदार कम्पनीको ठेक्का रद्द गर्न पनि माग गरेका छन् ।  

मन्त्रीले स्थानीयहरूको माग सम्बोधन हुने र समयमा नै अब काम सक्ने आश्वासन दिए । उनले हेलचेक्र्याइँ भएको तर अबका दिनमा नहुने प्रतिबद्धता जनाए । टोलीले कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन गरेको हो । सैलुङ कन्स्ट्रक्सनले कमलविनायक–नगरकोट सडकखण्ड ठेक्का पाएको छ । तर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । सडक निर्माणमा भएको ढिलासुस्तीका कारण जनताले वर्षौँदेखि सास्ती खेपिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप