टिजरमा यस्तो देखियो ‘ज्याकी : आई एम ट्वान्टी वान’
काठमाडौंँ । फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’ को टिजर सार्वजनिक भएको छ । आउँदो वर्षको बैशाख २१ गतेबाट रिलिज हुन लागेको यो फिल्मको टिजरमा अभिनेता धिरज मगर देखिएका छन् । टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ । बाबु र आफ्नो सपना फरक हुँदा एक यूवकले गरेको संघर्षलाई टिजरमा देखाइएको छ ।
फिल्ममा धिरजको अलवा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको अभिनय छ ।
सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको लेखन रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटा र रोहित शाक्यको संगीत छ । फिल्मको निर्देशन रेनशा राई रानाले गरेकी हुन् । फिल्म ‘आई एम ट्वान्टी वान’ ले एक युवाको डान्सको सपनालाई प्रस्तुत गरेको छ ।
टिजर हेर्दा पनि फिल्मको मेकिङ उच्च देखिएको छ । धिरजले फिल्मका लागि निकै मिहिनेत गरेको प्रष्ट हुन्छ । आईकोर फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण भएको हो । आईकोर फिल्मस्ले निर्माण गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले पनि बक्स राम्रो व्यवसाय गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण