एनएमबी बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति
शुक्रबार, १९ फागुन २०७९, १७ : ५६
काठमाडौँ । एनएमबी बैंकले ऋणपत्रको निष्कासन तथा बिक्रीका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्कासनका लागि बिहीबार अन्तिम स्वीकृति दिएको हो ।
बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डसँग अनुमति मागेको थियो । बोर्डमार्फत अनुमति पाएसँगै बैंकले १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणहरूमा बिक्री गर्ने छ । २ अर्ब ४० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ । एनएमबी ऋणपत्रको मूल्य प्रति कित्ता एक हजार रुपैयाँ तोकिएको छ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएलएस क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण