‘छक्कापञ्जा ४’ को भिडियो क्लिप बाहिरिएपछि साइबर ब्युरोमा उजुरी
काठमाडौँ । ‘छक्कापञ्जा ४’ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मको विभिन्न भिडियो क्लिप अहिले सामाजिक संजालमा टिकटकलगायत सबैतिर भाइरल छ ।
फिल्मको डिजिटल अधिकार ओएसआर किनेको हो । फिल्मको विभिन्न क्लिप बाहिरिएपछि डिडिजल अधिकार किनेका ओएसआरले अहिले साइबर ब्युरोमा उजुरी दिएको छ । फिल्मको क्लिप सामाजिक संजालमा बिना अनुमति ल्याउनु गलत भएकोले साइबर ब्युरोमा उजुरी दिएको ओएसआरका ओम अग्रवालले बताए ।
‘कसैको सम्पत्तिमाथि खेलबाड गरेर गलत तरिकाले बाहिर ल्याउनु हुँदैन’ अग्रवालले भने ‘यसरी एकएक गर्दै फिल्मको सबै क्लिप बाहिरियो भने हामी त बरबाद हुन्छौ ।’ डिजिटल राइटका लागि ‘छक्कापञ्जा ४’ आफूले महँगो रकममा किनेको बताएका अग्रवालले पायरेसी जसरी पनि रोक्ने बताए ।
दीपक राज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म ‘छक्कापञ्जा ४’ अहिले राम्रो व्यवसाय गरिरहेको छ । राजनीतिक र कमेडी बिषयमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण