नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ अमेजन प्राइममा रिलिज
काठमाडौँ । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’ विश्व प्रसिद्ध ओटिटी प्लेटफर्म अमेजन प्राइममा रिलिज भएको छ । गत वर्षको चैत्र १८ गते नेपालमा प्रदर्शन भएको ‘हेल्लो जिन्दगी’ अमेजन डट को डट युकेमा सशुल्क हेर्न सकिने जानकारी फिल्मका अभिनेता तथा निर्माता विक्रम डी जोशीले दिए । अभिनेता, निर्माता जोशीले नेपाली फिल्म अमेजन प्राइमजस्तो विश्व चर्चित ओटिटीमा उपलब्ध हुनु गर्वको कुरा भएको बताए ।
‘हाम्रो मिहिनेत, लगनशीलता र केही गर्ने तीव्र इच्छाले सफलता पाउँदै गइरहेको छ । यो सम्पूर्ण नेपालीका लागि खुशीको कुरा भएको निर्देशक बोहोराले भने । विक्रमका अलवा प्रियंका कार्की, दीपिका प्रसाईं, बिक्रान्त बस्नेत, विल्सनविक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयम् प्रमुख भूमिकामा रहेको फिल्म युके तथा नेपालमा खिचिएको हो ।
विक्रम डि जोशी र हिराल जोशी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सविता गुरुङ छिन् । निर्देशक बोहराकै कथा, पटकथा र गीत रहेको फिल्ममा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । ‘हेल्लो जिन्दगी’ महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा वीरञ्जना इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण