आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ अमेजन प्राइममा रिलिज

आइतबार, २१ फागुन २०७९, १७ : ५९
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’ विश्व प्रसिद्ध ओटिटी प्लेटफर्म अमेजन प्राइममा रिलिज भएको छ । गत वर्षको चैत्र १८ गते नेपालमा प्रदर्शन भएको ‘हेल्लो जिन्दगी’ अमेजन डट को डट युकेमा सशुल्क हेर्न सकिने जानकारी फिल्मका अभिनेता तथा निर्माता विक्रम डी जोशीले दिए । अभिनेता, निर्माता जोशीले नेपाली फिल्म अमेजन प्राइमजस्तो विश्व चर्चित ओटिटीमा उपलब्ध हुनु गर्वको कुरा भएको बताए ।

‘हाम्रो मिहिनेत, लगनशीलता र केही गर्ने तीव्र इच्छाले सफलता पाउँदै गइरहेको छ । यो सम्पूर्ण नेपालीका लागि खुशीको कुरा भएको निर्देशक बोहोराले भने ।  विक्रमका अलवा प्रियंका कार्की, दीपिका प्रसाईं, बिक्रान्त बस्नेत, विल्सनविक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयम् प्रमुख भूमिकामा रहेको फिल्म युके तथा नेपालमा खिचिएको हो ।

विक्रम डि जोशी र हिराल जोशी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सविता गुरुङ छिन् । निर्देशक बोहराकै कथा, पटकथा र गीत रहेको फिल्ममा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । ‘हेल्लो जिन्दगी’ महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा वीरञ्जना इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप