होलीको रंगसँगै रोमान्टिक शुभेक्षा र अरुण
काठमाडौँ । अभिनेत्री शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म हो ‘प्रेमा’ । १७ चैत्रमा रिलिज हुने फिल्ममा गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको छ ।
सोमबार परेको फागु पूर्णिमाको अवसर पारेर फिल्मका कलाकार मुख्य अरुण र शुभेक्षाले होली फोटोसुट गरेका छन् । तस्बिरमा रातो रंगमा अरुण र शुभेक्षाको जोडीलाई निकै सुहाएको छ । उनीहरुले विभिन्न पोजमा आकर्षक तस्बिर खिचाएका छन् ।
थापाथलीस्थित युएन पार्कमा खिचिएको तस्बिरमा दुवैलाई निकै रोमान्टिक मुडमा देख्न सकिन्छ । निर्देशक भण्डारीले फिल्मको प्रमोसनमा होलीले पनि महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले कलाकारको फोटोसुट गरिएको बताए ।
काठमाडौँ, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण