शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुर्खेतमा ट्याक्टर दुर्घटना :  तीन जनाको मृत्यु, दुई घाइते

मङ्गलबार, १५ फागुन २०७४, १५ : १८
मङ्गलबार, १५ फागुन २०७४

सुर्खेत– सुर्खेतको पूर्वी गुर्भाकोट नगरपालिका मालारानीको कोटखोला नजिक ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

मालारानीको खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे १ ख ६१६८ नम्वरको ट्याक्टर कोटखोला नजिक पल्टिदा चालक सहित तीन जनाको घटना स्थलमै मृत्यु भएको हो ।

घटनामा दुई जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।मृत्यु हुनेहरुमा गुर्भाकोट–८ मेहेलकुना खटांगका फत्तवहादुर विक, शशिराम विक र नारायण खत्री रहेका छन् ।

घाइतेको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप