प्रदेश ६ का मुख्यमन्त्रीले विश्वासको मत माग्दै भने– ‘सम्बृद्धिको विकल्प छैन’
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दै एकताबद्ध भएर प्रदेश समृद्धितर्फ लाग्नुको विकल्प नभएको बताएका छन् । ‘एकजुट भएर अघि बढे प्रदेशको विकास र समृद्धिका लागि धेरै समय कुर्नु पर्दैन’ मंगलबार प्रदेश बैठकलाई सम्बोधन गदै शाहीले भने ‘परम्परागत सोच र चिन्तनलाई बदल्न जरुरी छ ।’ सभ्य समाज बनाउन सभ्यताको पहिचान ६ नम्बर प्रदेशबाट दिनुपर्ने उनको भनाई छ ।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रदेशसभाको पहिलो अधिवेशन अन्तरगत मंगलबार बसेकोे पाँचौँ बैठकमा उनले विश्वासको मत पेश गरेका हुन् ।
नेकपा एमालेको तर्फबाट सांसद यामलाल कँडेलले प्रदेश समृद्धिका लागि उक्त प्रस्तावमा अडिक रहेको भन्दै समर्थन जनाए । उनले सरकारमा नरहेको दलले पनि सकारात्मक भुमिका खेलेको भन्दै प्रदेश समृद्धिका लागि सकारात्मक भएको सुनाए ।
नेकपा माओवादी केन्द्रकी सांसद सीताकुमारी नेपालीले प्रदेशको विकास र समृद्धिका लागि उचित स्याहार सुसार गर्नुपर्ने भन्दै जनताको स्तर उकास्न सम्पूर्ण सांसद एकताबद्ध हुनुपर्ने बताइन् । नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले काँगेस प्रतिपक्ष भुमिकामा रहेपनि सकारात्मक भुमिका निर्वाह गर्ने बताए । त्यस्तै राप्रपाकी शोसिला शाहीले राप्रपाले पनि प्रदेशको विकास र सरकारको भुमिकालाई सकारात्मक रुपमा लिने बताईन् ।
यस अघिनै सत्तामा रहेको वामगठबन्धनले आफ्ना सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन ‘ह्वीप’ जारी गरेको थियो । यो प्रदेशसभामा ४० सांसद रहेका छन् जसमा एमालेका २०, माओवादी केन्द्रका १३, काँग्रेसका ६ र राप्रपा १ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण